गाेंगबु हत्या प्रकरण चितवनमा एक महिला प्रकाउ

काठमाडौँ – काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ ।

चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।
आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।
टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो ।

Got Something To Say: