यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर एन्ड्र्युद्वारा पदबाट राजीनामा
एजेन्सी– यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।
डेमोक्रेट नेता कुओमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् । राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे । तर पनि उनले भने, ‘अहिलेको मैले सहयोग गर्ने भनेको पछि हटेर नै हो ।’
Got Something To Say:
You must be logged in to post a comment.