नेपाल सुपर लिगकाे फाईनलमा पुग्न ललितपुर र काठमाडौं भिड्दै
काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहिबार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।
पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो।
बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे सुरु हुनेछ।
लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए। भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो । काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए।
पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध सोही नतिजा दोह¥याउने कोशिश गर्नेछ।
उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ।
Got Something To Say:
You must be logged in to post a comment.