‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन्’– राजेश हमाल

काठमाडाैं- महानायका राजेश हमालले भारतसँगको सीमा विवाद बारे आफ्नो धारणा अघि सारेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै सीमा विवादमा आफ्नो धारणा अघि सारेका हुन्।

भिडियोमार्फत उनले भनेका छन् ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार छैनन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ। भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ।’

सीमा विवाद वास्तवमा विवादै नभएको उनको तर्क गर्दै महानायक हमाल थप्छन्,– ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो। त्यसभन्दा धेरै र थोरै केही माग गरेको छैन।’
भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको हमालको बmुझाई छ। ‘वर्तमान अवस्थाको यो गतिविधि सह्य छैन । साधारण भाषामा यो अस्वीकार्य छ,’ भिडियोमा उनले भनेका छन्, ‘म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं। यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवाला छैनन्। यो अब सरकारको विषय मात्र होइन। यो मुद्दा अब हरेक नेपालीको हो।’

लामो समयदेखि नेपाल र भारतले आफ्नो सँस्कृति, परम्परा र धार्मिक विश्वास आदनप्रदान गरेको तर यस किसिमको विवादले कालान्तरमा दुवैलाई हानी गर्ने हमालको भनाई छ।

भारतले मित्रताको हात बढाउँदा जहिले पनि नेपालले खुल्ला ह्रदयले स्वीकारेको बताउँदै हमालले भनेका छन्,– ‘म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सम्झन्छु। हामीले दिएको उच्चसुरक्षा, त्यो स्वागत, हामीले उनलाई रकस्टारलाई जसरी आतिथ्य ग¥यौं। तर पनि दुर्भाग्य, मोदी सरकारले भूकम्पताका गरेको नाकाबन्दीले सबैको मन दुखायो। अहिले लिम्पियाधुरा र लिपुलेकमा भारतले चालेको कदमले दुई राष्ट्रलाई मात्रै होइन यसले ल्याउने चुनौतीले दुवैलाई हानी गर्छ।’

महामारीको मारमा परेको बेला शक्तिशाली देशले खाँचोमा परेका आफ्ना छिमेकीलाई सहयोग गर्नुपर्ने उनको तर्क छ। ‘यस किसिमको गतिविधिले त संसारमा भारतलाई कस्तो प्रतिबिम्व गर्ला ?’ उनी प्रश्न गर्छन् ।

यी तीन क्षेत्र नेपालको रहेको दोर्होयाउदै हमालले भारतलाई भूमि फिर्ता गर्न माग गरेका छन्। ‘ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो। यो राष्ट्रको नागरिकका हिसाबले हामी हाम्रो छिमेकी राष्ट्र भारतसँग हाम्रो क्षेत्रको सत्यतथ्य, इतिहास हेरेर यो मुद्दासँग न्यायीक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं।’

राजेश हमालले बाेलेकाे भिडियाे सन्देश

My View on Limpiyadhura and Lipulekh..

Gepostet von Rajesh Hamal am Mittwoch, 20. Mai 2020

 

यो पनि पढ्नुहोस्

Got Something To Say: