नेयमारलाई लागेकाे बलत्कारकाे आराेपकाे कुनै प्रमाण नभेटीएपछी…

पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन स्टार खेलाडी नेयमारमाथि लागेको बलात्कारको मुद्दा प्रहरीले बन्द गरेको छ ।

मंगलबार सान पाउला एटर्नीका प्रहरी अधिकारीले अनुसन्धानका क्रममा बलात्कारका कुनै पनि प्रमाण नभेटिएपछि केश बन्द गरेको बताउँदै अन्तिम निर्णय कानुनी प्रतिनिधिबाट आउने बताएका छन् ।

ब्राजिलियन मोडल नाइजील त्रिन्दाडेले नेयमारले आफुमाथि पेरिसमा बतात्कार गरेको आरोप लगाएकी थिइन् । उनले गएको मे महिनामा पेरिस बोलाएर होटलमा जवरजस्ती गरेको एक टेलिभिजन अन्तरवार्तामा बताएकी थिइन् ।

तर, नेयमारले शुरुदेखि नै उक्त आरोप अस्वीकार गर्दै आएका थिए । नेयमारका प्रवक्ताले जनाएअनुसार उनी प्रहरीको निर्णयमा कुनै प्रतिक्रिया जनाउन नचहाएको बताएका छन् ।

नेयमारमाथि बलात्कार आरोप लागेपछि उनी विश्व भरका पत्रपत्रिकाको मुख्य हेडलाइन बनेका थिए । इन्टाग्राममा गएको जुन महिनामा नेयमारले ७ मिनेटको भिडियो सार्वजनिक गरेपछि यो घटना बल्झिएको थियो ।

Got Something To Say: