चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा, थप लिन वाइडबडी जहाज बेइजिङ तर्फ
काठमाडाैं- चीनले नेपाललाई दिएका १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारले जनाएको हाे।
सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन्। उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौं ल्याउने तयारी छ।
तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ। सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ। शनिवार साँझै नेपाल एयरलाइन्सको वाइडबडी जहाज थप अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन बेइजिङ उडिसकेको छ।
Got Something To Say:
You must be logged in to post a comment.