चलचित्र ‘पशुपतिप्रसाद २ भष्मे डन’ निर्माण घाेषणा

काठमाडौं- चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।

चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ । चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि बनाइने निर्माण टिमले बताएको छ ।

अभिनेता रविन्द्र सिंह बानियाँका अनुसार पशुपतिप्रसाद बनाउने कि नबनाउने भनेर धेरै सोचेपछि मात्रै फिल्म निर्माण घाेषणा गरिएकाे हाे । पशुपतिप्रसादको मायाँलाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेको पनि अभिनेता बाँनियकाे भनाइ छ ।

कार्यक्रममा चलचित्र निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको बताए ।

भष्मे डनको निर्माणमा निर्देशक समेत रहेका खनाल र पटकथा लेखक लामिछानेले सहकार्य गर्नेछन् । फिल्ममा विपिन कार्की भष्मे डनको चरित्रमा हुनेछन् । सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभु पौडेल, प्रकाश दाहालजस्ता सहायक कलाकार समेत छन् ।

फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने  निर्माण पक्षकाे योजना छ ।

यो पनि पढ्नुहोस्

Got Something To Say: