नेपालीको प्रतिव्यक्ति आम्दानी १२०० अमेरिकी डलर नजिक

काठमाडाैं- नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक १२०० अमेरिकी डलर नजिक पुगेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय बढेर ११९१ डलर पुगेको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार बढेपछि प्रक्तिव्यक्ति आयमा पनि बढोत्तरी भएको हो । जीडीपीको आकार बढेर ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुगेको अनुमान विभागको छ ।

यसअघि जीडीपीको आकार ३९ खर्ब १४ अर्ब ७० करोड रुपैयाँ थियो । यसबीचमा जीडीपीको आकार ३ खर्ब रुपैयाँ बढेको विभागको प्रारम्भीक अनुमान छ ।

नेपाली मुद्राको आधारमा प्रतिव्यक्ति आय वार्षिक १ लाख ४० हजार ८१९ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष ०७७०७८ मा नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भीक अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याँक विभागले शुक्रबार चालु आर्थिक वर्ष ०७७/०७८ को राष्ट्रिय लेखा तथ्याँक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ४ प्रतिशत हारहारीमा पुग्ने अनुमान सार्वजनिक गरेको हो ।

Got Something To Say: