सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा चलचित्र ‘बगान’ हेर्ने बिशिष्ट व्यक्तिहरूकाे भीड (फाेटाेफिचर)
गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले यतिबेला देसैभरी दर्शककाे मन जितिरहेकाे छ ।
देशैभर राम्रो अकुपेन्सीसहित चलिरहेको यो चलचित्रले काठमाडौँ उपत्यका बाहिरका हलहरूमा पनि राम्राे व्यापार गरिरहेकाे छ । मंगलवारका शोहरूमा दर्शकको उपस्थिती उच्च देखिएको थियो । यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा बिश्लेषकहरूले मंगलवार साँझ ‘बगान’ हेरेका छन् ।
अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्व राष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिनुभयाे । यस्तै बरिष्ठ पत्रकार तथा राजनीतिज्ञ रविन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सो बिषय ‘बगान’ले उठाएको बताए । उनले पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफुसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको र यो बिषयलाई शसक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको प्रतिक्रिया दिए ।
पूर्व मन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफै पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । यसैगरि बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो चलचित्र आमा छोरी नै आएर हेर्नुपर्ने प्रतिक्रिया दिए । “नारीमाथी भईरहेको अन्यायको बिषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबै मनले स्विकारेको छ”, श्रेष्ठले भने, “महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान वितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।”
बरिष्ठ कलाकार हरिवंश आचार्यले यो चलचित्रको बिषय नै मुटु छुने रहेको बताए । “जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो बिषय नै त्यस्तै छ”, आचार्यले भने ।
बिशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाएकी अभिनेत्री प्रमिला कार्कीले नयाँ आएको कलाकारका लागि उत्कृष्ट प्रतिक्रिया आउँदा केहि भन्नै नसक्ने अवस्था रहेकाे बताइन्को । उनले भनिन्, “मैले सँधै कोहीपनि व्यक्ति पुरुष वा महिला भएर भन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो चलचित्रमा मेरो पात्र पनि त्यस्तै मैले आगामी दिनमा पनि मैले निभाएका भूमिकाले समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु ।”
मंगलवार बगान हेर्न दर्जनौँको सङ्ख्यामा बिशिष्ट व्यक्तिहरू काठमाडौँ सुन्धाराको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुगेका थिए । साेहि क्रममा खिचिएका तस्विरहरु :
Got Something To Say:
You must be logged in to post a comment.