आयो पूजा र सौगात स्टारर ‘पोइ पर्‍यो काले’ को ट्रेलर (भिडियो)

काठमाडाैं- ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनारामा निर्माण भएको फिल्मको ट्रेलर काले पतिको कथामा केन्द्रित छ।

फिल्मका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पुजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धरलगायत फिचर्ड ट्रेलरमा गोरे पतिको खोजी गर्दागर्दै अन्त्यमा काले पति पर्दाको अवस्थालाई चित्रण गर्न खोजिएको छ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्।

फिल्ममा राजिब गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीको संयुक्त लगानी रहेको छ भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा रहेकी छन्।

किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपालीलगायतको अभिनय रहेको फिल्ममा नायिका सुरक्षा पन्त अतिथि भूमिकामा देखिनेछिन्।

लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, तारा थापा (किम्भे)को सम्पादन छ।

फिल्म कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ।

Got Something To Say: