गायक प्रकाश सपुतलाई काेराेना पाेजेटिभ पुष्टी

काठमाडाैं-  गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन्। उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन्।

उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु। अवस्था सामान्य छ।’

उनले, कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन्। उनले, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ भनेर पनि उल्लेख गरेका छन् । यो महामारी चाडै नै टरेर जाने र जीवनको पुरानै लयमा फर्किने आशा पनि प्रकाशले व्यक्त गरेका छन्।

प्रकाशले केही दिन अगाडि ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए । यो गीत तथा भिडियोले दर्शकको उल्लेख्य साथ पाएको छ।

Got Something To Say: