फिल्म ‘पाेई पर्याे काले’बाट गायनमा प्रेम परियारकाे कमब्याक

काठमाडौँ- बाल गायकबाटै चर्चा कमाउन सफल गायक प्रेम परियारले गायनमा कमब्याक गरेका छन्।

फिल्म ‘नाई नभन्नु ल २’ मा पार्श्व गायनसँगै चर्चामा आएका परियार विगत केही वर्ष यता गायनमा निश्कृय  थिए। उमेरगत परिवर्तन र त्यसले निम्त्याकाे भाेकल समस्याका कारण परियार केही वर्ष यता अौपचारिक अध्यन र स‍ंगीत साधनामा मात्र सिमित थिए।

परियारले फिल्म नाई नभन्नु ४ मा समावेश गीतमा स्वर दिएपनि उनी गायन सक्रिय भने  थिएनन्।

तर, परियारकाे स्वरमा अब चाँडै नै दर्शक स्राेताले सुन्न पाउने भएका छन्। उनले  प्रदर्शनमा आँउन लागेकाे फिल्म ‘पाेई पर्याे काले’मा समावेश नयाँ गीतमा आवाज दिएका छन्। म‌ंगलबार रेकर्ड गराइएकाे फिल्मकाे   ‘मायाले मलाई’  बोलको  नयाँ गीतमा परियारले आवाज दिएका हुन्।

गीत रेकर्डीङका क्रममा परियारले संगीत क्षेत्रमा मेराे पुनरागमनलाई दर्शकले सहजै स्विकारी  दिनेमा विश्वास व्यक्त गरे। उनले अबका दिनमा पनि राम्रा राम्रा गीत बजारमा लिएर आउँने प्रति वद्धता व्यत्त गरे।

मंगलबार रेकर्ड गरिएकाे गीतमा रघु परियारको शब्द तथा पुरुषोत्तम न्यौपानेको स‌ंगीत  रहेको छ । यस गीतमा फिल्म मुख्य दुई कलाकार  सौगात मल्ल र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। दीपक मनाङे (राजीव गुरुङ), सरोज नेपाली, अमलादेबी राई र देव तामाङकाे लगानि रहेकाे फिल्ममा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको  मुख्य भूमिका छ।

कमेडी जनरामा निर्माण भएको फिल्मले श्रीमान् ‘काले’ परेपछि एक  परिवारमा आँउने उतारचढावको कथा बाेल्ने छ।

फिल्म यही  दिपावली अर्थात् कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदै छ।

Got Something To Say: