रहेनन् अभिनेता राजेश हमालका भाई राकेश हमाल
काठमाडाै – अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।
कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पु¥याइएको थियो ।
त्यहाँको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।
राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएका छन् । उनीहरुका तीन दिदीबहिनी छन् ।
राजेश र राकेशको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।
Got Something To Say:
You must be logged in to post a comment.