‘चट्ट बसम् देउरालीमा’ भन्दै राजेश र करिश्मा (भिडियो)

काठमाडौँ – अभिनेता राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा रोमान्टिक प्रेम प्रस्तुत गरिएको छ ।

एक जमानामा सर्वाधिक रुचाइएको यो जोडीले अभिनय गरेको यो गीत दर्शकले रुचाएका छन् । भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने गरी नाटकीय कथा प्रस्तुत गरिएको छ।

 

गीतमा दीपक शर्माका शब्द तथा संगीत रहेको छ भने मेलिना राई र भीम चापागाईंको स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

यसैगरी म्युजिक भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन, अच्युत बजगाईंको सम्पादन तथा उत्सव दाहालको छायांकन छ ।

Got Something To Say: