फेरी मह‌ंगियाे अमेरिकी डलरकाे भाउ, ६ दिनमै २ रुपैयाँकाे अन्तर

काठमाडाैं- अमेरिकी डलरको भाउ ६ दिनमै करिव २ रुपैयाँले बढेको छ। गत शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ ८४ पैसा चाहिनेमा बिहिबार त्यती नै खरिद गर्दा १ सय १५ रुपैयाँ ६५ पैसाको आवश्यक पर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (बिहीबार) का लागि एक डलरको खरिददर १ सय १५ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ६५ पैसा तोकेको छ।

राष्ट्र बैंकले गत शुक्रबार एक डलर खरिदका लागि १ सय १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८४ पैसा तोकेको थियो। यसको अर्थ सर्वसाधारणले एक डलर खरिद गर्न गत शुक्रबार भन्दा आज २ रुपैयाँ बढी तिर्नु पर्ने भएको छ।

डलरको भाउ मजबुद बन्दै गएको छ। नेपाली रुपैयाँ बलियो नहुनुको कारण भारतीय रुपैयाँ कमजोर हुनु हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ।

नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान मंहगो हुने गर्छ। डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तरराष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ। भारतको मुद्रा केही कमजोर बनेकाले डलरको भाउ बलियो भएको हो। भारतीय अर्थतन्त्र कमजोर बनिरहेको तथ्यांक बाहिर आइरहेको छ।

भारतीय मुद्रा कमजोर हुनुलाई भारतको अर्थतन्त्र मन्दीतर्फ धकेलिदै गएको संकेतका रुपमा लिन सकिने पनि विज्ञको भनाइ छ। २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजो

Got Something To Say: