अशोक शर्माकाे नयाँ फिल्म ‘रातो टिका निधारमा’काे निर्माण घोषणा

काठमाडौं –निर्देशक अशोक शर्माकाे नयाँ फिल्म ‘रातो टिका निधारमा’काे निर्माण घोषणा गरिएको छ । आइतबार साँझ कमलपोखरी स्थित कुमारी हलमा  आयोजित एक कार्यक्रमा कलाकार परिचय गराउदै फिल्म घोषणा गरिएको हो ।

गतबर्ष सफल फिल्म ‘जय भोले’ बनाएको ए.ए ग्रुप अफ कम्पनीजबाटै ‘रातो टिका निधारमा’ बन्न लागेको हो ।

फिल्मको मुख्य भुमिकामा निर्माता निर्देशक शर्माका छोरा अंकितले डेब्यु गर्दैछन् । मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका अंकितले ‘जय भोले’मा बुबा अशोकलाई निर्देशनमा सघाएका  थिए ।

फिल्ममा उनको स्क्रिन सेयरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रहने छिन् । नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ र खुश्बु खड्का पनि फिल्ममा मुख्य कलाकारका रुपमा रहने छन्भु।

त्यसैगरि बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतको पनि फिल्ममा अभिनय रहने छ ।

फिल्म घोषणा कार्यक्रममा कलाकार तथा प्राविधिकलाई अभिनेत्री लक्ष्मी गिरीले ‘रातो टिका’ लगाइदिएकी थिइन् । फिल्मको छायाँकन १० जेठबाट सुरु हुनेछ । छायाँकनको सुरुवातमा फिल्मको शिर्ष गीत भव्य सेटमा खिचिने निर्देशक शर्माले जानकारी दिए।
किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेकाे  फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ ।

Got Something To Say: