नेपाल आइडल ‘तेस्राे सिजन’काे उपाधी सज्जा चौलागाइँकाे पाेल्टामा

काठमाडाैं-  रियालिटी शाे नेपाल आइडल ‘तेस्राे सिजन’काे विजेता सज्जा चौलागाइँ बनेकी छन्। टेलिभिजन फ्रेन्चाइज नेपाल आइडलमा प्रविण बेडवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा यस वर्षकाे सि‌ंङ्गिङ आइडल बनेकी हुन्।

कोभिड–१९ को महामारीका कारण एपी वान टेलिभिजनमार्फत् सामान्य हिसाबमै शुक्रबारकाे कार्यक्रमकाे अन्त्यमा नतिजा सार्वजनिक गरिएको थियो।

प्रतियाेगितामा यस वर्षकाे प्रबिण बेडुवाल फस्ट रनरअप र किरणकुमार भुजेल सेकेण्ड रनरअप बनेका छन्। प्रतियाेगिताका विजेताहरूले क्रमश ५० लाख, १० लाख र ५ लाख नगद पुरस्कार प्राप्त गरेकाछन् ।

ग्रान्ड फिनालेमा सज्जाकाे प्रस्तुती (भिडियाे)

 

Got Something To Say: