‘घामड शेरे’ को गीत: निश्चललाई साली मन पर्‍यो

काठमाडौं – निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘घामड शेरे’ को गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

‘काली मन पर्‍यो’ बोलको गीतमा भेना र साली मन परेको विषयलाई गीतका शब्दमा उनिएको छ । गीतमा शब्द र संगीत पनि कालीप्रसाद बास्कोटाले नै दिएका हुन् । यस्तै गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, बाद भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । यस्तै फिल्ममा कथा, पटकथा, लगानी र निर्देशन हेमराज बिसीको रहेको छ ।

Got Something To Say: