सलमान खानको हत्या गर्न ३० लाखको सुपारी…

एजेन्सी- बलिउड अभिनेता सलमान खानको इन्काउन्टर गर्न ३० लाखको सुपारी लिएको खुलासा भएको छ। गत शुक्रबार भारतीय प्रहरीले पक्राउ गरेको सुटर रवि भूराले यस्तो खुलासा गरेका हुन्। अहिले उनी तिहाड जेलमा छन्। प्रहरीको सोधपुछको क्रममा उनले यस्तो खुलासा गरेका हुन्।

प्रहरीका अनुसार राजस्थानका गैंगस्टर सम्पत नेहरासँग मिलेर सलमान खानको हत्या गर्न ३० करोड सुपारी लिएका थिए। ५ जनवरी २०१८ मा जोधपुर अदालतको पेसीका दौरान लारेन्स विश्रीई भन्ने गुन्डाका नाइकेले सलमानलाई मार्ने धम्की दिएका थिए।

अघिल्लो मंगलबार कंकरखेन्डमा प्रहरी इन्काउन्टरमा परी मस्टवान्टेड शिव शक्ति नायडुको मृत्यु भएको थियो। सँगै रहेका रवि भाग्न सफल भएका थिए। सूचनाका आधारमा उनलाई शुक्रबार प्रहरीले घेराबन्दी गरेर पक्राउ गरेका थिए। पक्राउ गर्न रविको खुट्टामा प्रहरीले गोली हानेको थियो।

हाल उनी तिहाड जेलमा छन्। रविले सम्पतसँग सुपारी लिएको स्वीकारिसकेका छन्। त्यतिमात्र होइनले रविले शिल्पा शेट्टीका पति राज कुन्द्राको कार्यालयबाट ८ करोड लुटेको समेत स्वीकारेका छन्।

Got Something To Say: