आफैमा खुसी छ काठमाडौं…

नेपालीवेबसाइट/काठमाडाैं

कोरोना भाइरसको महामारीले यतिबेला विश्व लकडाउनले थलिएको छ। अत्यावश्यक बाहेक सबै क्षेत्र ठप्प प्रायः छन्। साना-ठूला उद्योगधन्दा, यातायात, निर्माण सबै ठप्प छन्। तर, यही समय काठमाडौं भने आँफैमा रमाएको छ, आफैभित्र खुसी छ। हरेक दिन प्रदुषणको सिकार हुने काठमाडौं सहर यतिबेला भने मज्जाले स्वास लिइरहेको आभास गर्न सकिन्छ।

सडक अनि खोलाकिनारमा फुलेका फूल हुन् वा, हरियार रुख बिरुवा आफैमा मख्ख छन्, ढकमक्क छन्। निर्वाध फुलिहरका छन्। पाउलो फेरिरहेका छन्। विहानदेखि साँझसम्म चराहरू चिरविर–चिरविर आफ्नै सुरमा गाइरहेका छन्, अनि मानिसहरू अत्यावश्यक बाहेक घरमै कोचिएर दैनिकी काट्न विवसछन्। सडक प्राय खालि छन्।

यही अवस्थामा काठमाडौंका विभिन्न ठाँउमा खिचिएका यी तस्विरहरू:

तस्विर:मनाेज न्याैपाने

यो पनि पढ्नुहोस्

Got Something To Say: