कोमल वलीको कुकुर मोह हेर्नुहोस ९ तस्विरमा

काठमाडौं – तिहारको अवसरमा आफ्नो गृह जिल्ला दाङ पुगेकी गायिका तथा सांसद कोमल वलीले आफ्ना घरमा पालिएका कुकरसँग कुकुर तिहार मनाएकी छन् । आज परेको कुकुर तिहारको अवसरमा उनले रोमान्टिक हुँदै कुकुरसँगका केही तस्विर सामाजीक सञ्जालमा सेयर गदै लेखेकी छन् ‘आज कार्तिक कृष्ण चतुर्दशी कुकुर तिहार ।
हाम्रो धार्मिक मिथकहरुमा कुकुर यमराजको प्रियभक्तहो र दूतका रूपमा पनि लिइन्छ । हाम्रो घरका कोको कार्ला ककस र क्विन दाङमा छन । काठमाडौंमा रानी र मलमल दुईवटा छन् । यिनिहरु आज्ञापालक एवं घरको रक्षक छन् । घ्राण शक्ति भएका हाम्रा सबै भैरबका बाहनहरूले कुनैपनि कुरामा शंका लागेमा पुर्व सुचना दिन्छ्न । कुकुर तिहारका अवसरमा समस्त कुकुरहरुलाई सुस्वास्थ्यको कामना छ ।’
उनले गृह जिल्ला दाङमा नै तिहार मनाएउने भएकी छन् । विगतका बर्षहरुमा झै यो बर्ष त्यति धेरै रमाइलो नहुँनु भएतापनि हिन्दु धर्मावलम्बिहरुले आज साँझ लक्ष्मीको पुजा गरी रमाइलो गर्दै तिहार मनाएका छन् ।

 

 

 

 

Got Something To Say: