रेखा शाहको नयाँ सांगीतिक कोशेली ‘एक दिन तिमी फर्की आउनेछौ’ (भिडियो)

काठमाडौं- गायिका रेखा शाहकाे नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुगम पोख्रेलको संगीत र भूपेन्द्र खड्काको रचना रहेको सार्वजनिक गीतमा सुजिल कर्माचार्यको संगीत(संयोजन सुन्न सकिन्छ ।

नितिन चन्दको निर्देशनमा तयार म्युजिक भिडियोमा गायिका शाहकै अभिनय देख्न सकिन्छ । सिमसिमे पानीमा बोलको निकै नै चर्चित र पूरानो गीतबाट गायन क्षेत्रमा परिचय बनाउँन सफल गायिका शाहको यो गीत उनको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादन रहेको छ भने, भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको गायिका शाहले जानकारी दिइन् ।

गीतको भिडियो

 

Got Something To Say: