गायक शिव परियार अमेरिकामा सम्मानित

गायक शिव .परियार अमेरिकामा सम्मानित भएका छन् । परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित गरिएको हो।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सी्सिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमायापरियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वा्चित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई पुरस्कार प्रदान तथा सम्मान गरेकाथिए।

जर्सी सिटी शहरमा गत जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा गरिएको कार्यक्रमा गायक परियारले समेत गीत गाएका थिए।

गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेका छन् भने १० वटा गीती एल्वममा आफ्नो स्वर तथा सृजना छन्।

Got Something To Say: