प्रमोदको खरेलकाे नयाँ गीत ‘आशा’ सार्वाजनिक

काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेल आफ्नो नयाँ गीत ‘आशा’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

गायक खरेलकै शब्द तथा संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो पनि बुधवार सार्वजनिक गरिएको छ।
गीतमा संगीत संयोजन सञ्जिब बराइलीले गरेका छन् ।

उक्त भिडियो गायक खरेलकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । एमबिए फिल्म्सका मनोजद्वारा निर्देशित उक्त गीतको भिडियोमा गायक खरेलसंगै मोडल स्नेहा थापा फिचर्ड छिन् ।

अर्जुन तिवारी र समूहले छायांकन गरेको यो भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् ।

गायक खरेल पछिल्लो समय रियालिटी सो द भोइस अफ नेपालमा निर्णायकका रुपमा व्यस्त छन्।

भिडियाे

Got Something To Say: