चलचित्र ‘बगान’काे शीर्ष गीत ‘उडि छुनु छ’ बजारमा (भिडियाेसहित)
अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’काे शीर्ष गीत सार्वजनिक गरिएकाे छ । आगामी फागुन १२ गते रिलिज हुने भनिएको चलचित्रकाे उक्त लिरिकल गीत काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएकाे हाे । चलचित्रकाे लिरिकल भिडियोका साथमा टीजर पनि सार्वजनिक गरिएको छ। गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र बानिका प्रधानको स्वर रहेको छ ।
तीन पुस्ताका कलाकारहरु रहेको यो चलचित्रमा नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ ।
बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।
भिडियाे
Got Something To Say:
You must be logged in to post a comment.