साउथह्याम्पटनसँग बराबरीमा रोकियाे लेष्टर सिटी
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ। शुक्रबार राति भएको खेलमा लेष्टरले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो।
सुरुवातमै १० खेलाडीमा सिमित भएको साउथह्याम्पटनमाथि लेष्टरले जित निकाल्न बाट चुकेकाे हाे। खेलको १० औं मिनेटमा जान्निक भेस्टरगार्डले रातो कार्ड पाएपछि लेष्टर १० खेलाडीमा समेटिएको थियो । जेमी भार्डीलाई खराब ट्याकल गरेपछि उनले कार्ड पाएका थिए ।
खेलमा सुरुवाती अग्रता साउथह्याम्पटनले नै बनाएकाे थियाे। खेलकाे ६१ औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको ६८ औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए। यस बराबरीसँगै लेष्टर ३४ खेलमा ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
साउथह्याम्पटन ३७ अंक जोडेर १४ औं स्थानमा रहेको छ।
Got Something To Say:
You must be logged in to post a comment.