उल्भ्सद्वारा लिड्स युनाईटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा उल्भ्सले लिड्सलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा उल्भ्सले आत्मघाती गोलबाट जित निकालेको हो ।

लिड्सका गोलकिपर इलान मेस्लेरले आत्मघाती गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा मेस्लेरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

जुन गोल उल्भ्सको जितमा निर्णायक बन्यो । जितसँगै उल्भ्सले २५ खेलमा ३३ अंक जोडेको छ ।

उल्भ्स लिगको ११ औं स्थानमा रहेको छ । लिड्स २४ खेलमा ३२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Got Something To Say: