चलचित्र ‘समर लभ’को शिर्ष गीत ‘साया’ सार्वजनिक (भिडियो)

काठमाडौं– लेखक सुविन भट्टराईद्धारा लिखित समर लभ उपन्यासको आधारमा निमार्ण भएको फिल्म समर लभको शिर्ष गीत साया सार्वजनिक भएको छ ।

चर्चित गायक पुष्पन प्रधानको शब्द संगीत रहेको गीतमा पुष्पन प्रधान र बनिका प्रधानको स्वर रहेको छ ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आशिष पिया र रेवती क्षेत्रीको फिचरिङ रहेको छ।

निर्देशक मुस्कान ढकालको निर्देशन रहको फिल्म समर लभ आगामी माघ २५ बाट प्रदर्शनमा आउदैछ ।

लेखक भट्टराईद्धारा लिखित उपन्यास ‘समर लभ’को चित्रकथा ‘समर लभ’मा सामीप्यराज तिमल्सिनाको पटकथा तथा लेखक भट्टराई र तिमल्सिनाको संवाद रहेको छ।

 

Got Something To Say: