लगातार दोस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं– सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार दोस्रो दिन बढेको छ। हिजो सोमबार ८ अंकले बढेको नेप्से परिसूचक आज ५ अंकले बढेको हो।

यस क्रममा ८० लाख कित्ता सेयर किनबेच भई चार अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ। बजार बढे पनि आज अधिकांश समूहमा गिरावट आएको छ।

आज बढेको बजारलाई उत्पादनमूल्क समूहको सूचकले धानेको छ। आज उत्पादनमूलक कम्पनी समूह १९५ अंकले बढेको छ। यस्तै, अन्य समूह ५०, निर्जीवन बीमा कम्पनी समूह ११ र लघुवित्त ११ अंकले बढेको छ।

यी चार समूह बाहेकका अन्य सबै समूह घट्दा जीवन बीमा कम्पनी समूहको सूचक ७० अंकले घटेको छ।

Got Something To Say: