५१ बर्ष अघि रेडियो नेपालमा रेकर्ड भएको गीत ‘टिकुली ट्याक’ पुन: बजारमा
काठमाडौँ- ५१ बर्ष अघि गायक नबिन किशोर राईको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको गीत ‘टिकुली ट्याक’ लाई रिरेकर्ड गरेर भिडियो सहित सार्वजनिक गरिएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएकाे हाे हो ।
गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताए ।
उनले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजी गरी भिडियो सम्पादन गरेको उल्लेख गरे ।
त्यस्तै कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताए ।
त्यस्तै कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसम्ग काम गरेको बताइन् ।
त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजी रचना गरेको आफ्नो विगतको अनुभव सुनाए ।
म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रश्तुत गरिएको छ ।
Got Something To Say:
You must be logged in to post a comment.