…यसरी सुरु भयाे ‘भ्यालेन्टाइन डे’
काठमाडौं –आज १४ फेब्रुअरी विश्वभर आजको दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा मनाइँदैछ।
पछिल्लो समय नेपालमा पनि युवा युवतीले प्रेम दिवसलाई चाडकै रुपमा मनाउन थालेका छन्। सहरी क्षेत्रमा यो दिवस संस्कृतिकै रूप रहेको छ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । युवापुस्ताले भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्दछन्।
भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो। इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोध र माया तथा विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा संसारभरि प्रेम दिवस मनाईन्छ।
सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।
Got Something To Say:
You must be logged in to post a comment.