मुहार फेरिएकाे अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ-  लकडाउनले अधिकांश क्षेत्रकाे जनजीवन अस्तव्यस्त भए पनि नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान कक्षमा व्यापक सुधार गरिएकाे छ।

धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो । लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिवन्ध भएपछि कामले तिव्रता पाएको हो ।

विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ । धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए । सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको हाे।

विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

 

 

तस्विर साैजन्य: (१,२,३,४) गाेरखापत्र अनलाइन, (५,६,७)- रासस

Got Something To Say: