३ हजार वर्ष पुरानो ‘केटो राजा’ मुखाकृति लिलामी

काठमाडौं –‘केटो राजा’ टुटानखामुनको ३ हजार वर्ष पुरानो मुखाकृति लन्डनमा ५२ लाख ९० हजार युरो (६५ करोड २६ लाख २० हजार ५ सय २ रूपैयाँ) मा लिलामी भएको छ।

उक्त मुखाकृतिको लिलामीबारे इजिप्टले भने विरोध गर्दै आएको थियो, उक्त राजा इजिप्टको हो । इजिप्टले उक्त मूर्ति इजिप्टलाई नै फिर्ता गर्न र लिलामी रोक्न माग समेत गरेका थियो ।

लन्डनमा उक्त लिलामीको क्रममा ‘चोरिएका मूर्ति बेचबिखन बन्द गर’ भन्ने नाराका साथ विरोधीहरू हलबाहिर इजिप्टको झण्डासहित जम्मा भएका थिए।

इजिप्टको पुरातत्त्व मन्त्रालयले अर्को साता विशेष भेटघाट गर्दै आगामी कार्य तय गर्ने बताइएको छ। इजिप्टको टुटानखामुन ९ वर्षको हुँदा राजा भएको र त्यसको १० वर्षपछि उनको मृत्यु भएको बताइन्छ ।

एघार इन्चको उनको मुखाकृति क्वार्टजबाट बनेको छ। सो मुखाकृति रेसान्द्रो संकलनबाट प्राप्त भएको थियो। उक्त मूर्ति इजिप्टको लक्सरनजिक कर्नाक मन्दिर परिसरबाट सन् १९७० ताका चोरी भएको बताइएको छ।
इजिप्टको विदेश मन्त्रालयले संयुक्त अधिराज्यको विदेशी कार्यालय र युनेस्कोलाई यस विषयमा कारवाही गर्न आह्वान गरेको छ।

उक्त मूर्ति सन् १९७३–७४ मा हालको जर्मनीको राजकुमार विल्हेल्मको संकलनमा रहेको बताइन्छ ।

Got Something To Say: