आशलाग्दी उपासना !

काठमाडौं/नेपालीवेबसाइट

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय चर्चामा छिन्।

उनी अभिनित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ आज अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्ममा उपासना मुख्य भूमिकामा देखिएकी छन्। क्याप्टेनबाट तय भएको ठूलो पर्दाको अभिनय यात्रा ‘कबड्डी कबड्डी कबड्डी’मा आइपुग्दा धेरै आसलाग्दो र सुधार भएको बताउँछीन् अभिनेत्री उपासना।

फिल्ममा उनले अभिनेता दयाहाङ राई, कर्मा शाक्य, विल्सन विक्रम राई लगायतसँग स्क्रिन सेयर गरेकी छन्। यसपटक फिल्मका मल्टिस्टार क्यारेक्टरहरूबाट उपासनाले राम्रै फाइदा लुटेकी छन्।

सुनाउछिन्, ‘कबड्डी कबड्डी कबड्डी’ मा काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ । अभिनय निखार्ने मौका पाएँ। क्याप्टेनमा जसरी अनमोलले अभिनयमा साथ दिएका थिए त्यो भन्दा बढी साथ सहयोग र सिक्ने अवसर ‘कबड्डी कबड्डी कबड्डी’मा पाएँ।’

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’का लागि उपासना क्याप्टेन प्रदर्शन अगावै अनुबन्धित भएकी रहिछन्। जुनकुरा नेपालीवेबसाइटसँगको कुराकानीमा उनले खुलाइन्। ‘इन्स्टाग्राममा म धेरै समय विताँउथे फोटो भिडियो अपलोड गरिरहने मान्छे म। यही इन्स्टाग्रामको माध्यमबाट फिल्ममा अफर गर्नु भएको थियो। उ बेला क्याप्टेनको नयाँ गीत प्रदर्शन हुनु अघिनै ‘कबड्डी कबड्डी कबड्डी’ टिमसँग कुरा भइसकेको थियो।’

आफ्नो सुन्दरताका कारण प्रसंशकहरूको दिल जितेकी उपासना ‘कबड्डी कबड्डी कबड्डी’ बाट पनि उत्तिकै आशावादी छिन्।

फिल्म ‘क्याप्टेन’ मा निर्वाह गरेको भूमिकाबाट तारिफ पाएकी उपासना ‘कबड्डी कबड्डी कबड्डी’बाट पनि साथ, सहयोग पाँउनेमा ढुक्क छिन्फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युनिटले शुक्रबारसाँझ फिल्मको प्रिमियर शो सम्पन्न गर्याे प्रिमियर पछि फिल्मले उत्कृष्ट प्रतिकृया प्राप्त गरेको छ।

यससँगै नेपाली फिल्म क्षेत्रमा एक आशलाग्दी अभिनेत्रीका रुपमा उपशनाको आगमन भएको भन्दै उनी अधिकांश दर्शकमाझ प्रसंशाको पात्र बन्न पुगिन्।

Got Something To Say: